बलियाः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ बलिया चोकमा आफ्नै तीन तले घरको छतबाट खसेर ८७ वर्षीय परमानन्द रूपाखेतीको निधन भएको छ ।
आज बिहान अन्दाजी ५ बजेतिर छतबाट खसेर रूपाखेतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो । पोस्टमार्टमपछि शवको दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।







