काठमाडौंः आज बैशाख १२ । आजकै दिन १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मरण देशभर गरिरहेका बेला सिन्धुपाल्चोकमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको छ ।
आज बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।







