Friday, December 5, 2025
Homeफिचरचार दिनपछि बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

चार दिनपछि बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

विराटचोकः लगातार ४ दिन घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०७ प्रतिशत अर्थात् २.०८ अंकले बढेर २ हजार ६५८.०२ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत मध्ये ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँको कारोबार भएको छ । हिजो ७ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतिँदा आज लगानी समूह सर्वाधिक २.३२ प्रतिशतले बढेको छ । व्यापार समूह २.१० प्रतिशत, हाईड्रो ०.२०, लगानी २.३२ र म्युचुअल फण्ड ०.३० प्रतिशतले बढेका छन् । होटल समूह आज सर्वाधिक अर्थात ०.९६ प्रतिशतले घटेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ३४ लाख ९५ हजार ६८६ रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

हालै नेप्सेमा आइपीओ सूचीकृत भएका नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । महुली लघुवित्तको शेयरमूल्य ७.२० प्रतिशत, ङादी ग्रुप पावरको ७.१० र एनआरएन इन्फ्रास्ट्रक्चरको ७.०१ प्रतिशतले बढेको छ ।

आज नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य सर्वाधिक आज ६.८८ प्रतिशतले घट्दा गुराँस लघुवित्तको शेयरमूल्य ५.४१ प्रतिशत र सिन्धु विकास बैंकको शेयरमूल्य ५.३४ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख ९२ हजार ३९८ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments