विराटचोकः निरन्तर बढ्दै गएको सुनको भाउ आज घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । हिजो चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।







