Friday, December 5, 2025
Homeफिचरबैशाख तेस्रो साता कोशी प्रदेशले गर्ने लगानी सम्मेलनमा ५४ ओटा योजना प्रस्तुत...

बैशाख तेस्रो साता कोशी प्रदेशले गर्ने लगानी सम्मेलनमा ५४ ओटा योजना प्रस्तुत गरिने

विराटनगरः कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन गर्ने भएको छ । सो सम्मेलनमा ५४ ओटा योजना प्रस्तुत हुने र ती योजनाका लागि १ खर्ब ३९ अर्ब लगानी प्रस्ताव गरिएको लगानी सम्मेलन सचिवालयले जनाएको छ ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सचिव तथा सम्मेलनका संयोजक पवनकुमार तिम्सिनाले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिनुभयो । सम्मेलनमार्फत प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्र खोजी गरिने उहाँको भनाइ थियो ।

कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, उर्जा, सूचना प्रविधि र शहरी फोहोर व्यवस्थापनसँग सम्बन्धित ७ क्षेत्रका ५४ परियोजनालाई प्राथमिकतामा राखिने भएको छ । त्यसपछि वैशाख १९ गते समझदारीपत्रमा हस्ताक्षर गरी नीतिगत र कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ ।

प्रदेशस्तरमा पहिलोपटक हुन लागेको लगानी सम्मेलन प्रदेश सरकारको मात्र नभएर सिंगो प्रदेशको सम्मेलन भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । कोशी सरकारले तयारी गरेका, सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन हुने र स्थानीय सरकारले तयार गरेका योजना एकसाथ अघि बढाउने गरी काम गरिएको कार्कीले जानकारी दिनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले एकद्वार प्रणालीबाट लगानीको वातावरण बनाउन सरकारले सहजीकरण गर्ने बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments