Friday, December 5, 2025
Homeखेलकुदतेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments