विराटचोकः नयाँ वर्षको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ८४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९४५ रुपैयाँ निर्धारण भएको छ ।
चैत अन्तिम साताका तीन कारोबार दिन लगातार सुनको भाउले नयाँ रेकर्ड बनाएका थिए ।







