गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले नयाँ वर्षको अवसर पारेर एक रुपैयाँ सहयोग अभियान शुरु गरेको छ । हिजो नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै भित्तो पात्रो विमोचन कार्यक्रममा सहयोग अभियान शुरु गरिएको हो ।
दिनको एक रुपैयाँका दरले वर्षको ३६५ रुपैयाँ सहयोग एक जना व्यक्तिबाट लिने गरी अभियान शुरु गरिएको पहिलो पाइला नेपाल सुन्दरहरैंचाका सचिव विजय ओझाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाललगायतका अन्य अतिथि र कार्यक्रममा उपस्थित व्यक्तिले सहयोग रकम प्रदान गरी अभियानको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले पहिलो पाइलाको अभियानको प्रशंसा गर्दै सफलताको कामना गर्नुभएको थियो ।







