गैंडाकोटः गण्डकी प्रदेशको गैंडाकोटमा भएको कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको सातौँ महाधिवेशनले नरेन्द्रकुमार अधिकारीलाई पुनः प्रतिष्ठानको अध्यक्ष चयन गरेको छ ।
महाधिवेशनबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अधिकारी र महिला उपाध्यक्षमा जानुका अधिकारी (गोरखा) लाई सर्वसम्मत चयन गरेको छ ।
कोशी प्रदेश उपाध्यक्षमा चन्द्रमणि अधिकारी, मधेस प्रदेश उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, बागमती प्रदेश अध्यक्षमा शंकरनाथ शर्मा, गण्डकी प्रदेश अध्यक्षमा सीताराम अधिकारी, लुम्बिनी प्रदेश अध्यक्षमा विनोद अधिकारी, कर्णाली प्रदेश अध्यक्षमा हेमराज अधिकारी र सुदूर पश्चिम प्रदेश अध्यक्षमा जयनारायण अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै, महासचिवमा चिरञ्जीवि अधिकारी, सचिवद्वयमा डिल्लीराम अधिकारी र सीताराम अधिकारी, सहसचिवद्वयमा डिबी अधिकारी र शिवप्रसाद अधिकारी तथा कोषाध्यक्षमा निमेष अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरूमा देवीराम अधिकारी, प्रकाश अधिकारी, सूर्यबहादुर अधिकारी, गोविन्द अधिकारी, प्रदीप अधिकारी, देवीप्रसाद अधिकारी, उद्धव अधिकारी, कविराज अधिकारी, दीपक अधिकारी, बद्री अधिकारी, कल्पना अधिकारी, देवीकृष्ण अधिकारी, स्मृति अधिकारी, नरेश्वर अधिकारी, खुमानन्द अधिकारी, नवराज पहाडी, लक्ष्मीप्रसाद अधिकारी र मथुराराज उपाध्याय (बाजुरा) सर्वसम्मत चयन हुनुभएको छ ।