विराटचोकः नेपालमा आजदेखि नयाँ वर्ष विक्रम् सम्वत् २०८२ शुरु भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गर्छन् ।
आज नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो शुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
राजा विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वत्लाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रूपमा विक्रम सम्वत् चलेको हो ।
नयाँ वर्षमा नेपालमा सार्वजनिक बिदा दिइन्छ ।