Friday, December 5, 2025
Homeधर्म र संस्कृतिरणकाली देवीस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत

रणकाली देवीस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत

बेलगाछीः सुन्दरहरैंचा–३ मा रहेको रणकाली देवीस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत चयन हुनुभएको छ । सो मन्दिरको सभाहलमा सोमबार आयोजित २५ औं वार्षिकोत्सवबाट चापागाई सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा नीरबहादुर भण्डारी, सचिवमा श्रवणकुमार तिम्सिना, कोषाध्यक्षमा हेमन्त भट्टराई चयन हुनुभएको छ ।

सदस्यहरूमा युवराज घिमिरे, टंकप्रसाद दुलाल, योगेन्द्र पोखरेल, कमला न्यौपाने दाहाल, मातृकाप्रसाद दाहाल, बद्रीप्रसाद कोइराला र नरबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएको थियो ।

साधारणसभा मन्दिर सञ्चालक समितिका अध्यक्ष डिल्लीप्रसाद प्रसाईंको अध्यक्षतामा भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments