विराटचोकः नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो । हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ५१ अमेरिकी डलर घटाएको छ ।
सोमबार मध्यरातिदेखि नयाँ मूल्य कायम भएको छ ।