विराटचोकः आज पनि सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । हिजो गत शुक्रबार कायम भएको उच्च मूल्यको रेकर्ड तोडिएको थियो । आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ प्रति तोला ६०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







