Friday, December 5, 2025
Homeफिचरसेन्टर प्लाजामा भएको आगलागी १२ वटा दमकल प्रयोग गरी नियन्त्रणमा, ११ जनाको...

सेन्टर प्लाजामा भएको आगलागी १२ वटा दमकल प्रयोग गरी नियन्त्रणमा, ११ जनाको गरियो उद्धार

इटहरीः आज बिहान पौने १० बजे इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा रहेको बरण्डा होटलमा लागेको आगो नियन्त्रणमा आएको छ । इटहरीका साथै छिमेकी पालिका तथा विराटनगर विमानस्थलको गरी १२ वटा दमकल आगो नियन्त्रमा परिचालन गरिएको थियो ।

पाँचौँ तलामा आगलागी हुँदा छैटौँ र सातौँ तलामा फसेका ८ पुरुष र ३ महिलाको उद्धार गरिएको छ ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरीको टोली खटिएको थियो ।

सशस्त्र प्रहरी ४ नं. हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निर्मलकुमार थापाको नेतृत्वमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबराको नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवालको नेतृत्वमा ५० जना सुरक्षाकर्मी आगलागी भएको स्थलमा खटाइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments