विराटनगरः प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित हुनुभएको छ । चैत १० गतेदेखि विराटनगरमा भएको १० औँ अधिवेशनबाट पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै, उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिवमा हिरामान लामा निर्वाचित हुनुभएको छ । उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी निर्वाचित हुनुभएको छ ।







