विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७४ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ प्रति तोला १ हजार र चाँदीको भाउ प्रति तोला ३५ रुपैयाँ घटेको थियो ।







