Saturday, July 19, 2025
Homeफिचरएमाले मोरङ जिल्ला कमिटीको पहिलो बैठकले गठन गर्याे २५ सदस्यीय सचिवालय

एमाले मोरङ जिल्ला कमिटीको पहिलो बैठकले गठन गर्याे २५ सदस्यीय सचिवालय

विराटचोकः हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले मोरङको कार्यसमितिको पहिलो बैठकले ५ पदाधिकारी सहित २५ सदस्यीय सचिवालय गठन गरेको छ ।

बैठकले सचिवालयमा रोशनप्रसाद ढकाल, बबिता खापुङ, राजन भण्डारी, राधेश्याम कट्टेल, पुनम कोइराला, मो. अजिम आलम, अग्नि भट्टराई, उमाकान्त गौतम, मीना खतिवडा पौडेल, दुर्गाबहादुर विष्ट, शक्र थापा, योगेन्द्र सुवेदी, सीता तामाङ, प्रज्ञानराज मगर, सुवासकुमार सरदार, श्यामप्रसाद मण्डल, शुकदेवप्रसाद यादव, वैजु विश्वास, भोलाप्रसाद अधिकारी र दीपक कर्णलाई चयन गरेको छ । गत अधिवेशनमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव स्वतः सचिवालयमा रहने पार्टीको विधानमा उल्लेख छ ।

अध्यक्ष अजम्बर राईको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले चैत मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । वडा र टोल तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा कम्युनिष्ट आचरणयुक्त कार्यकर्ता निर्माणमा जोड दिने निर्णय पनि बैठकले गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments