Friday, December 5, 2025
Homeफिचरपाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सवमा विद्यार्थीले प्रस्तुत गरे नृत्य, गायन, अभिनय र वक्तृत्व

पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सवमा विद्यार्थीले प्रस्तुत गरे नृत्य, गायन, अभिनय र वक्तृत्व

विराटचोकः पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालयको प्राङ्गण सुन्दरहरैंचा–२ मृगौलियामा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा विद्यार्थीहरुले गायन, नृत्य, अभिनय र वक्तृत्वका साथै टक शो पनि सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षक तथा अभिभावकले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्ने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालयका छाता सङ्गठन प्याब्सन र एन प्याब्सनका प्रतिनिधिका साथै विभिन्न विद्यालयका प्रिन्सिपलको उपस्थिति थियो । कार्यक्रममा आमन्त्रित समाजसेवी तथा शैक्षिक संस्थाका प्रतिनिधिले एकेडेमीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments