Friday, December 5, 2025
Homeफिचरसुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ

विराटचोकः आज पुनः सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदा चैत १ गते कायम भएको मूल्यको रेकर्ड तोडिएको हो । चैत १ गते सुनको भाउ तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रति तोला २ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments