Friday, May 23, 2025
Homeपर्यटनएलिसन हस्पिटालिटीले बैशाख १५ गतेदेखि नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता...

एलिसन हस्पिटालिटीले बैशाख १५ गतेदेखि नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आयोजना गर्ने

विराटचोकः एलिसन हस्पिटालिटी प्रालिले उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

२०८२ साल बैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपालको कुनै पनि विश्वविद्यालयमा सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीले कन्सेप्ट पेपर प्रस्तुत गर्नुपर्ने र उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले बताउनुभयो ।

सहभागीले ‘कोशी प्रदेशको जुनसुकै पर्यटकीय स्थल वा नवस्थललाई आफ्नो प्रोजेक्टको टार्गेट स्थलका रूपमा लिएर भूगोल तथा परिवेशअनुसार पर्यटनलक्षित प्रोजेक्ट निर्माण गर्नुपर्ने बताइएको छ । सो प्रोजेक्ट निर्माणका लागि प्रतिस्पर्धीले अनिवार्य स्थलगत अध्ययन गर्नुपर्ने र स्थलगत अध्ययनपश्चात् सो प्रोजेक्टको ड्रइङ, थ्री डी, प्रोजेक्टको डमी र प्रोजेक्ट प्रिजेन्टेसन तयार पार्नुपर्ने बताइएको छ ।

नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष मगरले बताउनुभयो । प्रतियोगीहरूले आवश्यकतानुसार आफ्नो समूहमा व्यवस्थापन वा सूचना प्रविधिका विद्यार्थीलाई पनि सामेल गराउन सक्ने र प्रतियोगी टिममा अधिकतम ५ जना हुनुपर्ने शर्त राखिएको छ ।

विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न यो प्रतियोगिताले प्रेरित गर्ने बताइएको छ । प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन व्यवसाय प्रवद्र्धनमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको आयोजकले जनाएको छ ।

सहभागीले तयार गरेका प्रोजेक्ट अवलोकनका लागि सो प्रदर्शनीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थीलगायतलाई अवलोकनमा निमन्त्रणा गरिने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, दोस्रोलाई नगद ५० हजार, तेस्रोलाई नगद २५ हजार र सहभागी सम्पूर्ण टिमलाई नगद १० हजार रुपैयाँका साथै प्रमाणपत्र, एवम् आकर्षक उपहार दिइने भएको छ ।

प्रतियोगितालाई प्राविधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्ने भएका छन् । कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments