काठमाडौंः हरेक महिना एक जनाको दरले सङ्गीतकार वसन्त सापकोटाले ‘१२ महिनामा १२ कलाकार’लाई संगीतमा डेब्यु गराउनुहुने भएको छ । केही दिनअघि सामाजिक सञ्जालमार्फत उहाँले यो अभियानको घोषणा गर्नुभएको हो ।
‘प्रत्येक महिना एक÷एक गायक र गायिकालाई अलि व्यवस्थित तवरबाट सांगीतिक क्षेत्रमा ल्याउने जमर्को गर्दैछु । त्यसको लागि मेरो ह्वाट्स एप नम्बरमा गीत गाएर पठाउनुहोला’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘संगीत प्रशिक्षण केन्द्रबाट संगीत सिकेको लाई बढी प्राथमिकतामा राख्ने कुरा जानकारी गराउन चाहन्छु ।’







