Friday, December 5, 2025
Homeकला र साहित्यनिर्माणाधीन शिल्पी नाट्य केन्द्रका बाँकी काम पूरा गर्न स्थानीय जुर्मुराउँदै, कृष्ण रिजालको...

निर्माणाधीन शिल्पी नाट्य केन्द्रका बाँकी काम पूरा गर्न स्थानीय जुर्मुराउँदै, कृष्ण रिजालको संयोजकत्वमा बन्यो आर्थिक समिति

विराटचोकः सुन्दरहरैंचा–८ सलकपुरमा निर्माणाधीन शिल्पी नाट्य केन्द्रले पूर्णता पाउने भएको छ । रकम अभावमा काम रोकिएको सो नाट्य केन्द्रको काम सञ्चालन गर्न सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति बनाइएको छ ।

समितिले आजैदेखि रकम सङ्कलन गर्न थालेको छ । समितिको सदस्यहरुमा नगेन्द्रप्रसाद दाहाल, कृष्णप्रसाद लामिछाने, राजु खड्का, रमेश खड्का, योजना शर्मा र प्रमिला दुलाल हुनुहुन्छ ।

आज बिहान नाट्य केन्द्र निर्माणस्थलमा सुन्दरहरैंचाका उद्योगी, व्यवसायीका साथै विभिन्न संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि, पूर्व प्रशासकलगायतको भेलाले रिजालको संयोजकत्वमा समिति निर्माण गरेको हो । भेलामा उपस्थित व्यक्तिले ५ हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । केही व्यक्तिले सहयोग रकम उपलब्ध पनि गराउनुभएको थियो ।

गत वर्ष नायक राजेश हमालद्वारा शिलान्यास भएको सो कला केन्द्र निर्माणका लागि हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको तथा स्लेट बिछ्याउनका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको केन्द्रको सञ्चालक समिति उपाध्यक्ष निरज न्यौपानेले बताउनुभयो । नाट्य केन्द्रमा अघिल्लो साता सुन्दरहरैंचाका संघसंस्थाले सामुहिक होली खेलेपछि नाट्य केन्द्रको बारेमा स्थानीयले थप चासो दिन थालेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments