विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक उत्सव थापाले विद्यालयले ईओएमएस आईएसओ चिन्ह प्राप्त गरेको उल्लेख गर्दै, विद्यालयलाई नमूना शिक्षालयको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो । प्रविधिसँग समन्वय गर्दै बजारमा उपयोगी शिक्षा प्रदान गर्न आफू निरन्तर लागिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले शिक्षासँगै सीप विकासलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल शान्तिराम गौतमले विद्यालयको प्रगति विवरण तथा भावी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नाटक प्रस्तुत गर्नुका साथै आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पढाइलगायत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।







