विराटचोकः फागुन महिनामा घरजग्गाको कारोबारबाट ४ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलन बढेको हो ।
विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुराबट २ अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षमा विभागले साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड रुपैयाँ, असोजमा ३ अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा ३ अर्ब ८७ करोड रुपैयाँ, पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।







