इटहरीः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) इटहरीको आयोजनामा आजदेखि खेलकुदका विभिन्न प्रतियोगिता हुने भएका छन् ।
इटहरीका २१ विद्यालयका ६ हजार भन्दा बढी विद्यार्थीबीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधामा प्रतियोगिता हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी दिनुभयो ।
पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेश गरी अति न्यून विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरूको उल्लेख्य सहभागिता रहने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा एन प्याब्सन सुनसरी सचिव निरज कोइरालाले दिएको जानकारीअनुसार जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा प्रतियोगिता हुनेछ ।







