विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।







