विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुनाले तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने पनि जनाएको छ ।