विराटचोकः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सन् २०२४ मा २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १४ दशमलव ७८ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले २ अर्ब १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
विराटनगरमा सन् २००३ मा स्थापित कलेजले डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस लगायतका कोर्स अध्ययन गराउँछ ।
कलेजले ४ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ४ अर्ब ३५ करोडका लागि ‘इक्राएनपी एलबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । सर्ट ट्रम १५ करोड कर्जाका लागि ‘इक्रा एनपी ए४ प्लस’ रेटिङ पाप्त गरेको छ ।







