विराटचोकः आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।







