Friday, December 5, 2025
Homeकला र साहित्यबेलबारीमा बहुभाषी कविता गोष्ठी

बेलबारीमा बहुभाषी कविता गोष्ठी

बेलबारीः बेलबारी प्रज्ञा प्रतिष्ठानले बहुभाषी कविता गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको प्रमुख अतिथि बेलबारी प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो ।

कार्यक्रममा प्रेम गुरुङले गुरुङ, शिवनारायण पण्डित सिङ्गलले मैथिली, शिव छाङछा र पारुहाङ राईले बान्तावा, हुपेन्द्र भण्डारीले संस्कृत, सन्देश तामाङ र भावना तामाङले तामाङ, सरिता तुलाधर र बाल कवि तरुसा प्रधानले नेपाल भाषा (नेवारी), कलावती खवासले खवास, सुधार्नी राजवंशी, राजासाहेव राजवंशी र टङ्क राजवंशीले राजवंशी, सरस्वती याखाले याखा, अस्मिता उरावले उराव, भुवन कार्कीले अङ्ग्रेजी, शिव पराजुलीले हिन्दी, दुखनी दनुवारले दनुवार, दिप मङ्ग्राती, विनोदकुमार चापागाईँ, युसन सापकोटा, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, जुनु बुढाथोकी, फणिन्द्रप्रसाद निरौला, लक्ष्मी रेग्मी सुवेदी, मैया विश्वकर्मा र टीकाराम कार्कीले नेपाली खस, शेरबहादुर खपाङ्गी मगरले मगर, चक्र लोहोरुङले लोहोरुङ, सञ्जीव धिमाल, टीका धिमाल र सन्दिरा धिमालले धिमाल भाषामा कविता तथा गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिषठनका उपाध्यक्ष मनकुमार गुरुङले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुलप्रसाद बरालले गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments