Tuesday, December 24, 2024
Homeशिक्षा र स्वास्थ्यसुकुना बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाजले गरेको रक्तदानमा ६९ पिण्ट रगत सङ्कलन

सुकुना बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाजले गरेको रक्तदानमा ६९ पिण्ट रगत सङ्कलन

विराटचोकः मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजले मङ्गलबार गरेको रक्तदानमा ६९ पिण्ट रगत सङ्कलन भएको हो ।

समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी रहेका थिए ।

विद्यार्थी र क्याम्पस परिवारबीच मध्यस्थकर्ताको भूमिकाको लागि र क्याम्पसको विकासको लागि सधैँ सिर्जनात्मक कार्यक्रम गरिराख्ने समाजका सचिव अर्जुन गजुरेलले बताए ।

पूर्व विद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतले रक्तदान गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments