Friday, December 5, 2025
Homeखेलकुदइटहरी गोल्डकपको उद्घाटन खेलमै आयोजक पराजित

इटहरी गोल्डकपको उद्घाटन खेलमै आयोजक पराजित

इटहरीः अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण शनिबार इटहरी रङ्गशालामा हिजोदेखि शुरू भएको छ । प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले गर्नुभएको थियो ।

उद्घाटन खेलमा आयोजक टोली राष्ट्रिय जागृति (राजा) क्लबलाई लाई पाहुना टोली युनाइटेड खर्साङ क्लब (युकेएफसी) ले २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ११ औँ मिनेटमा आयोजक राजा क्लबका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे पनि खेलको २१ औँ मिनेटमा युकेएफसीका सत्यम् शर्माले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा १–१ बराबरीमा सकिए पनि युकेएफसीका लागि हेमराज भुजेलले थप १ गोल गर्दै टिमलाई सेमीफाइनलमा पुर्याएका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका पहिलो गोलकर्ता सत्यम शर्मा घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

आजको खेल साबिक विजेता सगरमाथा युथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५ औँ बुढासुब्बा गोल्डकपको विजेता एनआरटी क्लब काठमाडौंबीच हुनेछ । फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments