Friday, December 5, 2025
Homeखेलकुदविराट भेट्रान गोल्डकपको चौथो दिनको खेलबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा

विराट भेट्रान गोल्डकपको चौथो दिनको खेलबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा

विराटचोकः माघ १९ गतेदेखि सुन्दरहरैंचाको विराटचोकमा सञ्चालन भइरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुकुना माविको खेलमैदानमा भएको प्रतियोगितामा १ का विरुद्ध ३ गोल गर्दै पूर्वेली भेट्रानले राजारानी भेट्रान धनकुटालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमका खेलाडी सन्तोष राई घोषित भए ।

पूर्वेली भेट्रानले अर्काे खेल भोलि हुने प्रतियोगिताको विजेतासँग २५ गते खेल्नेछ ।

आजको प्रतियोगिता आयोजक विराट भेट्रानको समूह ए र हाम्रो धरान भेट्रानबीच हुनेछ । हाम्रो धरान भेट्रान मिल्स भेट्रान विराटनगरलाई पराजित गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक भने बाइ पाएर सिधै क्वाटर फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।

शून्यका विरुद्ध १ गोल गर्दै हाम्रो धरान भेट्रान विराट भेट्रान गोल्डकपको क्वार्टरफाइनलमा

शून्यका विरुद्ध २ गोल गर्दै आयोजक विराट भेट्रानको बी टिम क्वार्टरफाइनलमा

फराकिलो गोल अन्तरका साथ विराट भेट्रान गोल्डकपको अघिल्लो चरणमा दुधे भेट्रान, बाहिरियो सिक्किमको एनआरसी भेट्रान

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments