विराटनगरः मोरङको कटहरी गाउँपालिकामा राजवंशी र थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको महालक्ष्मी मेला विगत ५० वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
मेलाको दिन बगिया र माछा अनिवार्य रूपमा खाने चलन छ । त्यस दिन आफन्त, ज्वाइँ र छोरीलाई बोलाएर पर्व मनाउने गरिन्छ । यसलाई ‘गोठाले पर्व’ पनि भनिन्छ र यसलाई महालक्ष्मी मेलाको उपनामले पनि चिनिने गरिएको छ ।
यङ हार्ट ग्रुपको आयोजनामा हुँदै आएको यस मेलाले राजवंशी र थारू समुदायको पुख्र्यौली संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
राजवंशी र थारू समुदायको सांस्कृतिक पहिचान झल्काउने यस कार्यक्रममार्फत् पुस्तौँदेखि चलिआएका मौलिक परम्परा र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिने प्रयास गरिएको छ ।
कार्यक्रमका अध्यक्ष मुन्ना राजवंशीले पुख्र्यौली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महालक्ष्मी मेला आयोजना गर्दै आएको बताए । उनले यस्ता सांस्कृतिक कार्यक्रमले समुदायको पहिचान जोगाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे जानकारी गराउन सहयोग पुग्ने बताए ।





