Friday, December 5, 2025
Homeखेलकुदशून्यका विरुद्ध १ गोल गर्दै हाम्रो धरान भेट्रान विराट भेट्रान गोल्डकपको क्वार्टरफाइनलमा

शून्यका विरुद्ध १ गोल गर्दै हाम्रो धरान भेट्रान विराट भेट्रान गोल्डकपको क्वार्टरफाइनलमा

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा शून्यका विरुद्ध १ गोल गर्दै हाम्रो धरान भेट्रान क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सुकुना माविको खेलमैदानमा हिजो भएको प्रतियोगितामा हाम्रो धरान भेट्रानले मिल्स भेट्रान विराटनगरलाई शून्यका विरुद्ध १ गोल गरी सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको एक मात्र निर्णायक गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका विजय राई घोषित हुनुभयो ।

विजयी हाम्रो धरान भेट्रानले अर्काे खेल बाइ पाएर सिधै क्वार्टरफाइनलमा पुगेको आयोजक विराट भेट्रानको ए टिमसँग माघ २३ गते खेल्नेछ ।

आजको खेल राजारानी भेट्रान धनकुटा र पूर्वेली भेट्रान बिर्तामोड, झापाबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।

शून्यका विरुद्ध २ गोल गर्दै आयोजक विराट भेट्रानको बी टिम सेमीफाइनलमा

फराकिलो गोल अन्तरका साथ विराट भेट्रान गोल्डकपको अघिल्लो चरणमा दुधे भेट्रान, बाहिरियो सिक्किमको एनआरसी भेट्रान

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments