Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचा विराट एक्स्पो ४ मा फागुन ३ गते साहित्यिक उत्सव हुने

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा फागुन ३ गते साहित्यिक उत्सव हुने

विराटचोकः यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ अन्तर्गत फागुन ३ गते शनिबार साहित्यिक उत्सव हुने भएको छ । सुन्दरहरैंचामा क्रियाशील ४ साहित्यिक संस्थाले संयुक्त रुपमा साहित्यिक कार्यक्रमको व्यवस्थापन गर्न लागेका हुन् ।

साहित्यिक कार्यक्रमअन्तर्गत कविता, गजल र मुक्तक वाचनका कार्यक्रम हुने एक्स्पो आयोजक संस्था सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ । दिउँसो १२ बजेदेखि हुने साहित्यिक उत्सवअन्तर्गत झापा, मोरङ र सुनसरीका ८ जना कवि तथा ७ जना गजलकार र ७ जना मुक्तककारले आफ्ना रचना वाचन गर्ने आयोजकले जनाएको छ ।

सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक गतिविधि पनि हुने

सुन्दरहरैंचा विराट एक्स्पोमा चेस प्रतियोगिता पनि हुने

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments