मृगौलियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मृगौलियास्थित एक घरमा आगलागी भएको छ । मृगौलियाका दीपबहादुर खुलालको घरमा आज बिहान १ बजेतिर आगलागी भएको वडाध्यक्ष विवश प्रधानले जानकारी दिनुभयो ।
सो आगलागीबाट चौपाया, खाद्यान्न तथा लत्ताकपडा नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् । आगलागीपीडितलाई नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाले राहत सामग्री वितरण गरेको छ ।







