Friday, December 5, 2025
Homeखेलकुदसुन्दरहरैंचा विराट एक्स्पोमा चेस प्रतियोगिता पनि हुने

सुन्दरहरैंचा विराट एक्स्पोमा चेस प्रतियोगिता पनि हुने

विराटचोकः यही माघ ३० गतेदेखि हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ मा कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता पनि हुने भएको छ ।

विराट चेस क्लबको आयोजना र सुन्दरहरैंचा विराट एक्स्पोको प्रवद्र्धनमा फागुन ३ गतेदेखि ७ गतेसम्म हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म प्रतियोगिता हुने क्लबका अध्यक्ष लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी र मेडलका साथमा नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः नगद ७ हजार ५ हजार रुपैयाँका साथमा मेडल तथा छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले नगद ३ हजारका साथमा मेडल पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी, बेस्ट भेट्रान, बेस्ट अनरेटेड, बेस्ट सुन्दरहरैंचा र राइजिङ प्लेयर (१६ वर्षमुनिका विद्यार्थी) लाई मेडलका साथमा नगद २ हजार रुपैयाँ दिइने श्रेष्ठले जानकारी दिनुभयो ।

सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक गतिविधि पनि हुने

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments