विराटचोकः हिजो उच्च मूल्यले बढेको सुनचाँदीको भाउ आज पनि उच्च मूल्यले बढेको छ । आज सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७५ रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।







