काठमाडौंः एनएमबि बैंकले आज मंसिर २५ गतेदेखि लागू हुने गरेर ब्याजदर घटाएको छ ।
बैंकले सोमबार सूचना जारी गर्दै पुस महिनामा मुद्दति निक्षेपमा अधिकतम ९% ब्याजदर दिने जनाएको छ । बैंकले १० वर्ष माथिको मुद्दति निक्षेपको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।
यसअघि मंसिर १ गतेबाट बैंकले अधिकतम ९.५०% ब्याजदर दिंदै आएको थियो । यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ७% निर्धारण गरेको छ ।
यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ९% र न्यूनतम ७% मात्र ब्याज दिने भएको छ । यसअघि एनआइसी एसिया र कुमारी बैंकले पनि ब्याजदर घटाएर सूचना जारी गरिसकेका छन् ।