विराटचोकः मोरङको सुन्दरहरैँचा–१० मा रहेको प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा संस्थाकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ ।
सहकारीको वार्षिक साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, बचत तथा ऋण कारोबार लगायत आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।
महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको सहकारीले बचत गर्ने बानीको विकाससँगै आवश्यकताअनुसार ऋण प्रवाह गरी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा योगदान पुर्याउँदै आएको जनाएको छ ।





