Monday, September 7, 2026
Homeअर्थवित्तमुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरी वाणिज्य...

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरी वाणिज्य बैंकको बाटोमा जाने

विराटचोकः नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको सङ्ख्या घटाउन चाहिरहेको बेला मुक्तिनाथ विकास बैंक लिमिटेडले भने विकास बैंकबाट वाणिज्य बैंक बन्न दुई वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अघि बढाएको छ ।

सो बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएको छ । बैंकको सञ्चालक समितिको भदौ १९ गते बिहान ११ बजे बसेको ३८५ औँ बैठकले सो निर्णय गरी सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन तथा मूल्याङ्कन गरिने भएको छ । सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि अन्तिम चरणमा पुग्नेछ ।

सम्बन्धित समाचार

स्तरोन्नति होला त मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंकमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments