फुङलिङः ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म जान सहज होस् भनेर केबलकार बनाइने भएको छ । पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजनाको निर्माण कार्य शुरु भएको छ ।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमका अनुसार जिल्लाका सबै राजनीतिक दलहरू, सांसदहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेको हो ।
कम्पनीका सञ्चालक रुद्र पौडेलका अनुसार यो केबलकार सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्नेछ । अबको १५ महिनाभित्र केबलकार निर्माण गरिसकिने बताइएको छ ।







