Friday, December 5, 2025
Homeफिचरजेसीजले स्थापना गरेको कपडा बैंकमा ५ हजारभन्दा बढी कपडा सङ्कलन, आजदेखि वितरण...

जेसीजले स्थापना गरेको कपडा बैंकमा ५ हजारभन्दा बढी कपडा सङ्कलन, आजदेखि वितरण गरिने

विराटचोकः ‘हुनेले दिने, नहुनेले लिने’ नाराका साथ इन्द्रपुर जेसीजले शुरु गरेको कपडा बैंकमा ५ हजार थानभन्दा बढी कपडा सङ्कलन भएका छन् ।

इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार सुन्दरहरैंचामा मात्रै नभएर विराटनगर, उर्लाबारी, बेलबारीका साथै झापाको दमक र सुनसरीको इनरुवा, इटहरी, धरानबाट समेत जेसीजको अभियानमा ऐक्यबद्धता जनाउँदै कपडा सङ्कलन भएका थिए । नयाँ कपडा धेरै सङ्कलन भए पनि केही कपडा पुराना पनि सङ्कलन भएकाले त्यस्ता कपडा छुट्याइसकिएको र पुराना तथा च्यातिएका कपडा वितरण नगरिने अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

विराटचोकस्थित वाकिङ स्ट्रिटबाट ती कपडा वितरण गरिने र सबै कपडा वितरण नभएमा जेसीजग्राम वा अन्य विभिन्न स्थानमा जेसीजकर्मी गएर कपडा वितरण गरिने इन्द्रपुर जेसीजले जनाएको छ ।

इन्द्रपुर जेसीजले घोषणा गर्याे नयाँ अभियान ‘कपडा बैंक’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments