विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।







