Monday, January 13, 2025
Homeकृषिआज राष्ट्रिय भक्का दिवस

आज राष्ट्रिय भक्का दिवस

विराटचोकः आज आठौँ ‘राष्ट्रिय भक्का दिवस’ विशेष गरी पूर्वी तराईका जिल्लामा मनाइँदैछ । कोच राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन् । कोचिला गाभुर फ्रन्टको आयोजनामा २०७४ सालदेखि हरेक वर्ष पुस २९ गते सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालिएको हो ।

कोच राजवंशी समुदायले विशेष परिकारको रुपमा चिसो मौसममा खाने प्रमुख परिकार भक्का पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएका छन् । पूर्वी तराईमा भक्कालाई स्वस्थ र सुलभ खाजाको रूपमा लिइन्छ ।

राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय सबै जातजातिबीच लोकप्रिय बनेको छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर भक्का बनाउने गरिन्छ । स्थानीय गोलभेंडा र धनियाँ पिसेर बनाइएको अचारसँग भक्का खानेको सङ्ख्या जाडोको समयमा तराईका चोकचोकमा उल्लेख्य पाइन्छ ।

पछिल्लो समय भक्का दिवसको अवसरमा विभिन्न ठाउँमा सांस्कृतिक तथा खानपान महोत्सवसमेत हुने गरेका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments