विराटचोकः एक महिनासम्म लिइने श्रीस्वस्थानीको व्रत आज पौषशुक्ल पूर्णिमादेखि शुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमामा समापन हुनेछ ।
स्वस्थानीको व्रतमा स्वस्थानी देवीको पूजा गर्नुका साथै महादेवको पनि पूजा गरिन्छ ।
स्वस्थानी आफैँमा कस्ती देवी हुन् भन्ने प्रश्नको उत्तर प्रष्ट छैन । ‘हजार सूर्यको जस्तो तेज भएकी’, ‘तीन आँखा भएकी’ भन्ने जस्ता केही विशेषता बाहेक कथामा स्वस्थानी देवीको विस्तृत चरित्र चित्रण गरिएको छैन । महादेवका पनि तीन आँखा र ज्योतिर्लिङ्गको वर्णन गर्दा हजार सूर्यको जस्तो तेज भन्ने गरिन्छ ।
स्वस्थानी कथामा वर्णित स्थान भएको क्षेत्र काठमाडौंको साँखुस्थित शालीनदीमा स्वस्थानी व्रतकथाको समयमा १ महिनासम्म मेला लाग्ने गर्दछ ।