काँकरभिट्टाः स्थानीय जातका तरुलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म ‘तरुल उत्सव’ हुने भएको छ ।
पर्यावरणमैत्री अर्गानिक खेतीबालीलाई प्रोत्साहन हुनुका साथै ग्रामीण पर्यटनको प्रवद्र्धन हुने भएकाले तीन वर्षदेखि बाहुनडाँगीमा तरुल उत्सव हुँदै आएको बताइएको छ ।
बाहुनडाँगीमा स्थानीयले सिमल तरुल, घरतरुल, वनतरुल, पत्ताले तरुल, पिँडालुलगायत विभिन्न जातका तरुलको व्यावसायिक खेती गर्दै आएका छन् ।