Friday, January 10, 2025
Homeफिचरङादी ग्रुप पावरको हकप्रद शेयर खुला

ङादी ग्रुप पावरको हकप्रद शेयर खुला

विराटचोकः ङादी ग्रुप पावर लिमिटेडको शतप्रतिशत हकप्रद पुस २३ गतेदेखि खुलेको छ । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको हुनाले मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले माघ १४ गतेसम्म सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिने शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत् आवेदन दिन सकिने बताइएको छ ।

हकप्रद शेयर निष्काशन गरी सङ्कलन भएको रकममध्ये १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ ५० पसा समृद्धि इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी गर्ने र ३ करोड २५ लाख रुपैयाँ मर्मत संभारमा खर्च हुने कम्पनीले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments