विराटचोकः अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा र खरिददर १३७ रुपैयाँ ३ पैसा रहेको छ । यसअघि पुस २० गते डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा पुगेर रेकर्ड कायम भएको थियो ।